शिक्षकलाई कोरोना संक्रमणपछि एक साता विद्यालय बन्द

Jalpadevi.dkt

धनकुटा । पाख्रिबास नगरपालिका -५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड -१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा कार्यरत ति शिक्षकको कोभिड -१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए  । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् । विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए ।

१० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए ।

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड - १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशंका लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस