फेरिए काठमाडौं प्रहरी र विमानस्थल सुरक्षा कार्यालयका प्रमुख

Nepal police headquarter (1)

काठमाडौं । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले सम्हालेका छन् ।

गृह मन्त्रालयले १० कात्तिकमा गिरीलाई काठमाडौं प्रहरी परिसर, टेकुमा सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुख अशोक सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । तर समय अगावै सरुवा गरिएको भन्दै बालुवाटारले सिंहको सरुवा रोकेको थियो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘पहिल्यै सरुवा भएको थियो तर गृह र बालुवाटारको कुरा नमिलेपछि रोकिएको थियो । अहिले कांग्रेस महाधिवेशन सकिएसँगै सरुवा कार्यान्वयन भएको हो ।’

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी एसएसपी सुरेन्द्र मैनालीले पाएका छन् । विमानस्थलमा कार्यरत एसएसपी राजेशनाथ बाँस्तोला एक महिनाका लागि विदामा गएपछि उनको ठाउँमा मैनालीलाई खटाइएको हो ।

प्रतिकृया दिनुहोस