कृषी क्षेत्रमा रहेका मजदुरहरुको समस्या समाधान गर्न सरकारले नयाँ कार्यक्रम ल्याउने

Haliya news 29

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कृषी क्षेत्रमा रहेका मजदुरहरुको समस्या समाधान गरी उनीको हक स्थापित गर्न सरकार तयार रहेको बताएका छन् ।

राष्ट्रिय दलित नेटवर्कले काठमाडौंमा आयोजना गरेको कृषि बधुवा मजदुर अधिकार मञ्च विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले कृषी क्षेत्रमा रहेका मजदुरहरुलाई पुनस्र्थापित गर्न सरकारले चाडै कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए । मन्त्री श्रेष्ठले देशका विभिन्न भूगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।

मन्त्री श्रेष्ठले पछाडि पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका विषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए । उनले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्यआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

सो कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरु, समभापति नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सचेतक टेकबहादुर रैका, राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विश्वकर्मा, राजनीतिक विष्लेषक श्याम श्रेष्ठ, राष्ट्रिय मुक्त हलिया समाज महास.घका पूर्व अध्यक्ष राजाराम भूल, दलित महिला संघकी समहासचिव रेणु सिजापति लगायतले हरुवा, चरुवा, मुक्त कमैया र पिछडिएको वर्गको मुक्तिको लागि राज्यले नीति बनाए पनि कार्यान्वयन गर्ने नीति नबनाएको गुनासो गरे ।

हरुवा चरुवा मञ्चका अध्यक्ष दर्शनलाल मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रम भोलीसम्म चल्ने छ । 

प्रतिकृया दिनुहोस