कांग्रेस महाधिवेनः दोस्रो चरणको मतदान आजै

Nc 14th general congress

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि आजै दोस्रो चरणको मतदान हुने भएको छ ।

सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रो स्थानमा रहेका क्रमशः देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।

आज बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव निश्चित भएको हो । मतपरिणाम अनुसार प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ४९ र कल्याण गुरुङले २० मत पाएका छन् । निर्वाचनमा ४६ सय ८१ मत खसेको थियो ।

अव दोस्रो चरणको निर्वाचनमा देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले जसलाई समर्थन गर्छन त्यसले सभापतिमा बाजी मार्ने निश्चित छ ।

सभापतिको दोस्रो चरणको निर्वाचन हुने भएपछि अन्य पदाधिकारिको मतगणना गर्न समय लाग्ने देखिएको छ । अन्य पदाधिकारिको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस