निर्वाचन समितिले माफी मागेपछि पत्रकारले रोके आन्दोलन

Patrakar 1

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन निर्वाचन समितिले पत्रकारहरुमाथि भएको दुव्र्यवहारप्रति माफी मागेको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि पत्रकारहरुले काम थालेका छन् ।

मतदान प्रकृयाको रिपोटिङमा भृकुटीमण्डप र राष्ट्रिय सभा गृह पुगेका पत्रकारलाई अवरोध दुर्व्यवहार गरिएपछि उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका थिए ।

त्यसअघि निर्वाचन समिति, प्रहरी र पत्रकारबीच भनाभन हुने क्रममा धकेलाधकेल पनि भएको बताइएको थियो । अहिले पत्रकारहरुले पुनः काम थालेका छन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।

निर्वाचन समितिले मतदान स्थलमा पत्रकारलाई जान नदिएपछि पत्रकारले क्यामरा डाउन गरेपछि चौतर्फी विरोध भएको थियो । सो लगत्तै निर्वाचन समितिका संयोजक घिमिरेले माफी माग्दै परिचय पत्रका आधारमा निर्वाध रुपमा समाचार संकलन गर्न दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस