कांग्रेस महाधिवेशन : सभापति, सहमन्त्रीसहित ५५ केन्द्रीय सदस्य लिए उम्मेदवारी फिर्ता

Congress 6

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् ।

पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो ।

पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।

शनिबार राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

उम्मेदवारी फिर्ता लिने ५५ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्तापछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ ।

निर्वाचन समितिका अनुसार अब एक सभापति पदमा ५ जना, दुई उपसभापति दुई पदमा सात जना, दुई महामन्त्री पदमा ६ जना र आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम छ ।

नेतृत्व चयनका लागि सोमबार विहान आठ बजे मतदान शुरु हुने कार्यतालिका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...