राप्रपा महाधिवेशनमा नेतृत्वको लागि आज चुनावी हुने, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

Rpp 16

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए ।

उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । अब राप्रपाले पहिलो पटक अध्यक्षबाहेकका अरु पदाधिकारी पनि निर्वाचनबाट चयन गर्ने भएको छ ।

महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरु, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १९९ सदस्यीय कार्यसमिति हुनेछ । राप्रपाको इतिहासमा अध्यक्ष बाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।

जसमध्ये अध्यक्ष, एक महिलासहित ४ जना उपाध्यक्ष, एक महिलासहित ३ जना महामन्त्री निर्वाचनबाट चयन हुने राप्रपाको प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत अर्थात १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन् । निर्वाचनबाट आउने पदाधिकारी घटाउँदा १४१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् । जसको ३३ प्रतिशत महिला हुनेछन् ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ ।

 

प्रतिकृया दिनुहोस