आज यी प्रदेशहरुमा हल्का वर्षा हुने सम्भावना

Mausam 2

काठमाडौं । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ । आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको रहेको महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस