दोलखामा एकै परिवारका तीन जना मृत भेटिए

Death body

काठमाडौँ । लखामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बुधबार बिहान तामाकोशी नगरपालिका वडा नम्बर २ झुलेस्थित एक घरमा श्रीमान-श्रीमती र नाबालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिए ।

मृत्यु हुनेमा २७ वर्षीय श्याम तामाङ, २५ वर्षीया अम्बिका र ५ दिनको छोरा रहेका छन् । उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भएको छैन ।

मृतकहरुको पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण खुल्नेछ । थप अनुसन्धान जारी छ ।

प्रतिकृया दिनुहोस