कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

Sbs karnali jeevanshahi 1024x672 1

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको मंगलबारको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित नभएपछि मत विभाजन भने आज मात्रै गर्न लागिएको हो । एमालले चितवनमा जारी पार्टीको दशौं महाधिवेशनलाई कारण देखाउँदै मंगलबारको प्रदेश सभामा उपस्थिती नजनाएको हो । आज विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले प्रष्ट बहुमत पाउने देखिएको छ ।

यसैबीच, कर्णली प्रदेश मन्त्री परिषद्मा एक जना मन्त्री थप गरिएको छ । मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्री विष्टले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको सपथ लिएका थिए । 

  

प्रतिकृया दिनुहोस