चितवन पुगे केपी ओली, विमानस्थलमा भव्य स्वागत

Kp oli chitwan 2021 11 25

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् ।

उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

उनी अहिले केही बेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलमा हजारौँ नेता कार्यकर्ताले ओलीलाई स्वागत गरेका छन् ।

ओली काठमाडौँबाट बुद्ध एयरमा चिवतन गएका हुन् ।  ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

 

प्रतिकृया दिनुहोस