जनता समाजवादी पार्टीद्धारा माओवादी केन्द्रसँग एकता गर्ने प्रचण्डको प्रस्ताव अस्वीकार

1608031237 prachanda 1

काठमाडौँ । जनता समाजवादी पार्टीले नेकपा माओवादीसंग पार्टी एकता गर्न अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नेता एवम पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचार त्याग नगरेसम्म पार्टी एकता गर्न नसकिने बताएका हुन् ।

हिजो शनिबार एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु जसपासंग पार्टी एकता गर्न इच्छा लागेको बताएका थिए ।

सर्लाहीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘धेरै ढिला नगरौं । हामीले गठबन्धन पनि बनाएकै हौं। पार्टी एकताको काम चाडैं सकेर जनकपुरमा एकताको घोषणा गरौं। म जनकपुर आउन तयार छु ।’ उनले भने।

  

प्रतिकृया दिनुहोस