प्रधानन्यायाधीशको राजीनामा माग गर्दै वकिलहरुले घेरे सर्वोच्च 

Sarbochcha   dharna 2021

काठमाडौँ । सत्ता गठबन्धनमा ‘भाग’ खोजेको लगायत आरोप लागेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले आज (आइतबार) बिहान १० बजे सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेका छन्।

चार दिनसम्म हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म जारी रहने धर्नामा अधिवक्ताहरू हातमा कालो पट्टी बाँधेर बसेका हुन्।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी छन् ।

 

प्रतिकृया दिनुहोस