संसदका दुवै अधिवेशन अन्त्य गरेकोमा सरकारसँग एमसीसी मुख्यालय असन्तुष्ट  

Mccjkk

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सरकारले संसद अधिवेशन अन्त्य गरेको असन्तुष्टी जनाएको छ । शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै अधिवेशन अन्त्य गरेकी थिइन् ।

एमसीसी मुख्यालयले संसदले एमसीसी पारित नभई अधिवेशन अन्त्य गरेको भन्दै असन्तुष्टी जनाएको हो । गत सेप्टेम्बरमा एमसीसीका वरिष्ठ प्रतिनिधिमण्डलको टोली नेपाल भ्रमणमा आउँदा सरकारले एमसीसी पारित गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नगरेको एमसीसीले जनाएको छ ।

सदनबाट एमसीसी पारित नहुँदा लाखौं नेपाली घरपरिवारलाई सुविधा पाउनबाट बञ्चित रहेको बताइएको छ । गठबन्धनका नेताहरूले कम्प्याक्टलाई अनुमोदन गर्न आवश्यक ठानेपनि नेपालको कानुन आवश्यक रहेको एमसीसीले जनाएको छ ।

‘एमसीसी सम्झौता अनुमोदनबिनै नेपालको संसद् बैठक अन्त्य गरिएको छ । सम्झौता अनुमोदन नहुँदा लाखौं नेपाली परिवारले यसबाट पाउने फाइदामा लिन ढिलाइ हुनजान्छ’, एमसीसी मुख्यालयले भनेको छ ।

साझा स्वार्थ, प्रजातान्त्रिक मूल्य र पारस्परिक विश्वासअनुरूप ७० वर्षयता अमेरिका र नेपालबीच सहकार्य अघि बढिरहेको स्मरण गराउँदै सन् २०१५ को भूकम्पदेखि अहिलेको कोरोना महामारीसम्म अमेरिकाले नेपाली जनतालाई सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट ५० करोड डलर अनुदान आर्थिक वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्न अमेरिका र नेपालबीचको बलियो साझेदारीको निरन्तरता रहेको एमसीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस