प्रधानन्यायाधीशले तोके आफुसहितको १२ इजलास

Cholendra jabar 32 52

काठमाडौँ । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि मुद्दा सुनुवाइका लागि एकल इजलास तोकेका छन् । उनले आइतबारका लागि आफूसहितको १२ वटा इजलास तोकेका हुन् ।

अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश राणाले दुई वटा पूर्ण इजलाससमेत तोकेका छन् । एउटा पूर्ण इजलास उनको एकल छ भने अर्को उनको र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलास रहेको छ ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरिरेका बेला प्रधानन्यायाधीश राणा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।

प्रतिकृया दिनुहोस