बेमौसमी वर्षापछिको बाढीपहिरोमा बेपत्ता २८ जना अझै भेटिएनन्

60efd25f109e3 pahiro1626339731

काठमाडौँ । कात्तिकयता मात्र आजसम्म विपद्का घटनाबाट १ सय २१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन्।  कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ। 

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाले उक्त क्षति भएको हो। मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो। वर्षाले सबैभन्दा बढी पूर्व र पश्चिम क्षेत्र प्रभावित भएको थियो। ठूला–ठूला पहिरा गएका थिए। 

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए। कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बेपत्ताको खोजी तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस