बारको आन्दोलनको कुनै औचित्य छैनः अभिवक्ता नेपाल

Swagat nepal

काठमाडौं । अधिवक्ता स्वागत नेपालले नेपाल बार एशोसिएशनले अघि सारेको आन्दोलनमाथि प्रश्न उठाएका छन् । उनले नेपाल बार एशोसिएशन हुँदाहुँदै पनि बार–बेञ्च समन्वय समिति गठन गरिएको भन्दै यसलाई सेटिङ समितिको संज्ञा दिए ।

राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रा।ली। को रूपमा अघि बढाउन खोजिएको टिप्पणी गरे । उनले भने, ‘नेपाल बार एशोसिएशनको आन्दोलन कथित हो । बन्दीको मुद्दा हेर्न हुँदैन भन्नेहरूको आन्दोलन हो । किनकी उनीहरूलाई सेटिङ र पार्टीबाट आउने पैसाले पुगेको छ। बार एशोसिएशनभित्रै बेन्च–बार समन्वय समिति छ, गोप्य रूपमा यो समिति किन राखियो ? बारको आन्दोलनको कुनै औचित्य छैन ।’ 

उनले थपे, ‘हामी स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानको तर्फबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका छौँ । हामीले न्यायापालिकाभित्रको विकृति, विसङ्गति छ भन्दै यी विकृति र विसङ्गतिको विरुद्धमा आवाज उठाउँदै आएका छौँ । अहिलेको अवस्थामा कम्तीमा बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नु भनेको मानवताविरुद्धको अपराध हो । न्यायालय भनेको सरकारको पनि अभिभावक हो, आम नागरिकको त हुँदै हो । न्यायाधीशहरूले जनताबाट उठेका करबाट तलब भत्ता खाएका छन् । बन्द प्रत्यक्षीकरणको समेत मुद्दा नहेरी कुनै पनि देशका न्यायाधीशहरूले तलब भक्त नलिएको हामीलाई थाहा छैन । बन्दीहरूको र थुनुवाको मुद्दा नहेर्ने यो गलत भयो ।’ 

उनले आफूहरूले भोलिदेखि नै सर्वोच्च बार र बार परिसरभित्र बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेहरूको विरुद्धमा कालोपट्टी बाँधेर प्रदर्शन गर्ने बताएका छन् । उनले भने,‘त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरूको लागि कार्तिक १५ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छौँ, कार्तिक १६ गते न्यायाधीशहरुविरुद्ध अवहेलनाको मुद्दा अघि बढाउँछौँ । त्यस्तै, १८ गते सार्वजनिक रूपमा सडक आन्दोलन गर्ने घोषणा गरेका छौँ ।’

प्रतिकृया दिनुहोस