आँट नै गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेका हौँ : अध्यक्ष नेपाल

Madhav  kumar

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले फेरि केपी शर्मा ओलीको पार्टी एमालेलाई आगामी चुनावपछि टर्च बालेर खोज्नुपर्ने बताएका छन्।

उनले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताउँदै एमालेलाई अब टर्च बालेर खोज्नुपर्ने बताएका हुन् ।

शनिबार बिराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका केपी ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको बताएका हुन्।

उनले भने, ‘आज केपी ओली भुईँमा पुगेका छन्। एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ।’

प्रतिकृया दिनुहोस