मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु  

2b24a7bf c1a4 48d1 9a13 33c862b8be31

डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ९ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा शिखर नगरपालिका ९ मल्लिसाँझकी ३० वर्षीया राधिका रोस्याराको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक एवं सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए ।  

  

प्रतिकृया दिनुहोस