अवैधानिक प्रवेश रोक्न सरकारले सीमा नाकामा थप कडाई गर्ने, आवत - जावतमा परिचयपत्र अनिवार्य

Simanaka

काठमाडौँ । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्न निर्देशन दिए । 

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा गरेको छ। समसामयिक विषयमा थप छलफल गर्न अर्को बैठक भोली पुनः बोलाइएको छ ।

प्रतिकृया दिनुहोस