राष्ट्रपति भण्डारीद्धारा संसदको दुवै सदनको अधिवेशन अन्त्य

Bidhya bhandari president

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद्ले शुक्रबार रातिदेखि दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

लामो समयदेखि संसद चले पनि प्रमुख विपक्षी दल नेकपा (एमाले) को अवरोध र विरोधका कारण बैठकले सोचअनुरुप कार्य गर्न सकिरहेको थिएन ।

संसदको अहिलेको अधिवेशनमा केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई विधेयक ल्याएर संसदबाट पास गरिएको थियो ।

प्रतिकृया दिनुहोस