प्रधानन्यायाधीशबारे विवाद लियो उग्र रुप : सर्वोच्च अदालत परिसरमै अधिवक्ता न्यौपाने चुँडालबीच कुटाकुट  

Supreme court nepal lawer 3iccxrzsll

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा शुक्रबार सर्वोच्च अदालतभित्रै कुटाकुट भएको छ।

केही सातादेखि चलिरहेको विवादले उग्र रुप लिँदै गएपछि  शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।

पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौँ बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन्।

विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्। अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन्। 

प्रतिकृया दिनुहोस