कार्यबाहक प्रधानमन्त्रीको जिम्मा बालकृष्ण खाँडलाई  

1690825347 khand

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा विदेश गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिइने भएको छ।

प्रधानमन्त्री देउवा एकसाता लामो वैदेशिक भ्रमणका लागि शुक्रबार बेलायत भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री देउवाले आफूपछिका वरिष्ठतम मन्त्री हुन् गृहमन्त्री खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएका हुन्।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि आज बेलायत जाँदै छन्।

उनी कार्तिक १८ गते स्वदेश फर्कने कार्यत्रम रहेको छ।

प्रतिकृया दिनुहोस