बागमतीमा आज नयाँ सरकार गठन हुँदै, साढे ३ बजे शपथको तयारी

Rajendra pandey

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर बुधबार साँझ बुझाइसकेको छ ।

प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ ।

बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ५९ जना सांसद्को समर्थन छ । एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ ।

दिउँसो साढे ३ बजे शपथको तयारी
मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसो साढे ३ बजे शपथको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र शपथ ग्रहण गराइने तयारी छ । सपथको आवश्यक तयारी पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकारका मुख्यमन्त्री तथा मन्त्रीले शपथ खाइसक्ने छन् ।

प्रतिकृया दिनुहोस