माओवादीले बनायो महाधिवेसनमा भाग लिने प्रतिनिधिहरुको मापदण्ड

Maost miting

काठमाडौं । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेको नेकपा माओवादी केन्द्रले सबै तहका सम्मेलनमा सहभागी हुने प्रतिनिधित्वको विषयमा मापदण्ड बनाएको छ ।

राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट कुल ६ सय प्रतिनिधि संख्या तोकिएको छ भने प्रत्येक प्रदेशलाई कम्तिमा ३० जना प्रतिनिधिको व्यवस्था गर्ने र बाँकी प्रतिनिधि पार्टी सदस्य संख्याको अनुपातमा प्रदेशले छान्न पाउने माओवादी बैठकले निर्णय गरेको छ ।

माओवादीले टोल भेला कात्तिक २७ गते, वडा भेला मंसिर ४, पालिका सम्मेलन मंसिर ११ र प्रदेश सम्मेलन मंसिर २५ गतेका लागि तय गरेको छ । राष्ट्रिय सम्मेलन पुस १३, १४ र १५ गतेका लागि तय गरिएको छ ।

राष्ट्रिय सम्मेलनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु सबै आयोजक एवं प्रतिनिधि मानिने छन् । पार्टी मातहतको आयोग, सल्लाहकार परिषद् र जेष्ठ नागरिक मञ्चका पदाधिकारी एवं सदस्यहरु पनि स्वतः प्रतिनिधि हुनेछन् ।

यसैगरी सबै विभागका प्रमुख र उपप्रमुखसमेत १० प्रतिशतले सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । केन्द्रीय समितिले कुल प्रतिनिधि संख्याको १० प्रतिशत मनोनित गर्ने निर्णय माओवादी स्थायी कमिटीको बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस