४ वर्षपछि उल्टियो वडाध्यक्षको पद, स्वतन्त्र उम्मेद्वार विजयी

Ramesh kumar ray

काठमाडौं । महोत्तरीको एक स्थानीय तहको वडामा पराजित भएका उम्मेदवार निर्वाचन भएको चार वर्षपछि अदालतको आदेशमा भएको पुनः मतगणनामा विजयी भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश कुमार राय विजयी भएका हुन् ।

सअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आइतबार भएको पुन मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् ।

४ वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।

तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए । उच्च अदालतले २१ असार २०७५ मा पुनः मतगणना गर्ने आदेश दिएपनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको आरोप लगाउँदै निकटतम प्रतिद्वन्द्वी रहेका राय अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दामा उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशपछि पनि अरुण कुमार चौधरी सर्वोच्चसम्म पुगे । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरेको थियो ।

०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनको परिणाम २०७४ असोज ८ गते प्रकाशित भएको थियो । जसमा राजपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका रमेशकुमार राय र नेपाली काँग्रेसका उम्मेदवार अरुणकुमार चौधरीले समान २६७ मत ल्याएका थिए । दुवै जनाको मत बराबर भएपछि गोलाप्रथाबाट चौधरी निर्वाचित भएका थिए ।

अब पुनः गणनाको परिणाम न्यायाधीश समक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले बताए । रायलाई निर्वाचित भएका चौधरीभन्दा बढी मत आएपछि अदालत प्राङ्णमै उनका समर्थकहरुले उनलाई माला लगाइदिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस