प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, लम्बियो भीम आचार्यको सत्ता  

1630067909 638iv

काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ ।

आज बस्ने बैठकको कार्यसूचीमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम रहेको थियो  ।

एमालेले आजको बैठक स्थगित गर्नका लागि प्रदेशसभामा निवेदनसमेत दिएको थियो ।

प्रतिकृया दिनुहोस