बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति

45354

काठमाडौँ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको क्षति पुगेको छ ।

आइतबार बसेको संसदको विकास तथा प्रविधि समितिमा सडक विभागले आइतबार प्रस्तुत गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी वर्षापछि आएको बाढी पहिरोले १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए । महानिर्देशक थापाका अनुसार बाढी पहिरोका कारण १० वटा राजमार्ग÷सडक १८ स्थानमा अवरुद्ध छन् ।

हाल दुवै तर्फ यातायात सुचारु भएको राजमार्गको संख्या ३ तथा एकतर्फी यातायात चालु रहेको स्थान ९ रहेका छन् । बाढी पहिरोका कारण ४ वटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको र ६ स्थानमा अहिले पनि यातायात सञ्चालनमा आउन नसकेको उनले बताएका छन् ।

अहिले सडक विभागको पहिलो प्राथमिकता अवरुद्ध सडक अस्थायी रूपमा वा एकतर्फी रूपमा भएपनि सञ्चालनमा ल्याउने रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस