कांग्रेसको उपाध्यक्षमा पुष्पा राणा घले नियुक्त, केन्द्रिय सदस्य थप

Pushpa rana ghale

काठमाडौं । नेपाल समाजवादी कंग्रेसले पार्टीको उपाध्यक्षमा पुष्पा राणा घलेलाई नियुक्त गरेको छ ।

हिन्दु राज्य, संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको नेपाल समाजवादी कंग्रेसले राणालाई पार्टीको विधान अनुसार उपाध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि उनी सहसचिव थिइन् । पार्टीमा दिएको योगदान र विधान अनुसार नै राणालाई शनिबारदेखि लागू हुनेगरी उपाध्यक्षमा नियुक्त गरिएको पार्टी अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।

उनी वेलायतमा भएको भुपु गोर्खा सैनिकका परिवारका लागि गरिएको भोक हडतालमा संलग्न थिइन् । साथै उनी सो आन्दोलनका लागि बनाइएको संघर्ष समितिको सचिवसमेत हुन् ।

त्यसैगरी सो पार्टीले मनिता अर्याल, मिनबहादुर कार्की, कृष्णबहादुर राई र रेष्मा अधिकारीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । उनीहरुलाई शनिबार पार्टी कार्यालयमा आयोजित चाडवाडको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय सदस्यमा मनोनित गरिएको जानकारी गराउँदै सम्मान गरिएको सचिव मानबहादुर गुरुङले बताए ।

समाजवादी कांग्रेसले हिन्दु राज्य, संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको छ । साथै उसले राजासहितको प्रजातन्त्र, सर्वदलीय राष्ट्रिय सरकारको गठन लगलायतका विषय उठाउँदै चरणबद्ध आन्दोलनसमेत गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस