प्रधानन्यायाधीशको विवादित भूमिकाबारे छलफल गर्न सर्वोच्च बारको बैठक बस्दै 

Cholendra jabar 32 52

काठमाडौँ । प्रधानन्यायाधीशको विवादित भूमिकाको विषयमा धारणा बनाउन सर्वोच्च अदालत बार एसोसिएसनको बैठक बस्ने भएको छ।

यीलगायत समसामयिक विषयलाई लिएर साढे १ बजे बारको कार्यसमिति बैठक बस्न लागेको हो।

बारका सचिव ऋषिराम घिमिरेका अनुसार प्रधानन्यायाधीशको पछिल्लो विवादको विषय, न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन कार्यान्वयनमा भएको ढिलाइ र समसामयिक विषयमा बैठकमा छलफल हुनेछ। 

 

प्रतिकृया दिनुहोस