सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी

Bus jalyo

काठमाडौं । सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बसमा आगलागी भएको छ । आइतबार राति २ बजे धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी भएको हो ।

प्रहरीका अनुसार बसको अधिकांश भाग जलेको र बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् । यात्रुबाहक बस आगलागीमा मानवीय क्षति भएको छैन ।

इलेक्ट्रिक सट भएर ना ६ प १४७१ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।

बसमा आगो लाग्नुको कारण खुलेको छैन । यद्यपि बसभित्र गरिएको वायरिङमा सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस