समाजवादी कंग्रेसले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा हिन्दु राष्ट्रको माग

Samajbadi news

काठमाडौं । हिन्दु राज्य, संघीयताको खारेजी र धर्म निरपेक्षताको खारेजीको माग गर्दै आएको नेपाल समाजवादी कंग्रेसले चाडवाडको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

समाजवादी कंग्रेसले २०७१ सालदेसख प्रत्येक वर्ष दशैं तिहार, छठ, म्हः पुजा लगायतका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । सोही क्रममा आज समाजवादी कंग्रेसको नयाँ वानेश्वरस्थित पार्टी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रममा नेपाल समाजवादी कंग्रेसका अध्यक्ष गोविन्द निरौलाले विभिन्न चाडपर्वले नेपालीलाई एकताको शुत्रमा बाँध्ने काम गरेको बताए । उनले नेपालको संस्कृतको जगेर्ना गर्न नेपालीहरु नै लाग्नुपर्नेमा जोड दिए ।

अध्यक्ष निरौलाले देशको आर्थिक विकास, समुन्नत राष्ट्र र सुखी नेपाली बनाउनका लागि देशमा संघीयताको खारेजी, धर्म निरपेक्षताको खारेजी र राजासहितको लोकतन्त्रको जरुरी रहेको बताए । उनले अहिलेको व्यवस्थाबाट जनताले केही पाउन नसक्ने पनि ठोकुवा गरे ।

सो कार्यक्रममा नेकपा मालेको केन्द्रिय सदस्य दिनानाथ घिमिरे, नेपाली जनता दलका बरिष्ठ उपाध्यक्ष रघु परियार, समाजवादी कंग्रेसका उपाध्यक्ष पुष्पा राणा घले, सचिव मानबहादुर गुरुङ, केन्द्रिय सदस्य नवराज गजुरेल लगायतले संघीयताले देशलाई बर्वादीतिर धकेल्ने भएकाले अब राजसहितको व्यवस्था ल्याउनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस