पाँचथरमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो, अझैं ४ जना बेपत्ता

Pachthar pahiro

पाँचथर । अविरल वर्षाबाट आएको बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

शुक्रबार जिल्लाको फाल्गुनन्द गाउँपालिका–४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए । ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको हो । १० जना घाइते छन् ।

मिक्लाजुङ गाउँपालिकामा ३ र फिदिममा १ गरी ४ जना बेपत्ता छन् । उनीहरुको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रजिअ ढकालले बताए ।

 

प्रतिकृया दिनुहोस