हेटौँडामा इन्जिनियरहरुको  विरोध प्रदर्शन

Protest in hetauda

काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा इन्जिनियरहरुले जनकपुरमा सरकारी इन्जिनियरमाथि भएको दुव्र्यवहारको विरोधमा आज  प्रदर्शन गरेका छन् ।

खानेपानी तथा ढल निकास एवम् व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहमाथि  भएको दुव्र्यवहार गरेको विरोधमा हेटौँडामा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल’को आयोजनामा मकवानपुरका सरकारी कार्यालय र निजी क्षेत्रका इन्जिनियरको सहभागिता थियो ।

हेटौँडाको बुद्धचोकमा भएको सो विरोध प्रदर्शनका क्रममा इन्जिनियरहरुले ब्यानरसहित  हातमा कालोपट्टी वाँधेर दोषीमाथि कारबाहीको माग गरेका थिए । 
 

प्रतिकृया दिनुहोस