निर्धारित अवधिभन्दा अघि नै चुनाव हुँदैन् संसद् पूरा कार्यकाल जानुपर्छ : रामचन्द्र पौडेल

Ramchandra podel 9854

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ (निर्धारित अवधिभन्दा अघि नै चुनाव) नहुने बताएका छन्।

आज बिहान धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा जवाफ दिँदै नेता पौडेलले अर्ली इलेक्सन नहुने बताएका हुन्। ‘अर्ली चुनाव सम्भव छैन’, पौडेलले भने, ‘संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि हैन। संसद् पूरा कार्यकाल जानुपर्छ।’

बेमौसमी वर्षापछिको बाढी र पहिरोले सुदूरपश्चिममा पुर्याएको क्षति अवलोकनका लागि नेता पौडेल आज शनिबार बिहानै कैलाली पुगेका हुन्। नेता पौडेलले कैलाली र कञ्चनपुरमा बाढी र डुबानबाट भएका क्षति निरीक्षण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

पहिरोले अवरुद्ध सडक सञ्जाल खुले नेता पौडेल पहाडी जिल्लाहरू पनि जाने उनको सचिवालयले जानकारी दिएको छ। यसअघि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २ दिनसम्म सुदूरपश्चिममा रहेर त्यहाँ बाढी पहिरोले पुर्याएको क्षति अवलोकन गरेका थिए।

प्रतिकृया दिनुहोस