आजदेखि विराटनगर विमानस्थल सञ्चालनमा

Biratnagar ariport

काठमाडौं । बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल आज बिहानैदेखि सञ्चालनमा आएको छ ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो । सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौँ–विराटनगर उडान प्रभावित भएको थियो। नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।

दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको हो ।

उडान तालिका बिहानबाट साँझ पाँच बजेसम्म मात्र हुने भएको छ । उपकरणहरुको जाँच बाँकी रहेका कारण रात्रिकालीन उडान भने तत्काल नहुने भएको छ ।

प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको हो । उपकरणहरु चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रीकालीन उडान समेत सम्भव हुन्छ ।

प्रतिकृया दिनुहोस