देशभर आंशिकदेखि सामान्य बदली, आज यी ३ प्रदेशमा वर्षा हुने

Mausam news

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, आज शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज पनि देशभर मौसममा सामान्य बदली भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार राति पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने छ । आज राति प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिकृया दिनुहोस