फेरिए काठमाडौँ जिल्लाको सिडिओ, पराजुली ‘आउट’ हुँदा रिजालको ‘इन्ट्री’

Kathmandu  office

काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले प्रजिअ पराजुलीलाई मन्त्रालयमा सरुवा गरिएको हो ।

उनको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा हाजिर भएपछि पराजुलीको शाखा तोकिनेछ ।

पराजुलीसँग बालुवाटार र गृहमन्त्रालय रुष्ट थियो । हालै माधवकुमार नेपालले नयाँ पार्टी बनाउने प्रक्रियामा चन्द्रागिरी रिसोर्टमा केन्द्रीय सदस्यहरुको भेला राखेका थिए ।

सीडीओ पराजुलीले महामारीको बेला भिड जम्मा गरेको भन्दै रिसोर्टलाई स्पष्टिकरण सोधेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

प्रतिकृया दिनुहोस