एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन

Madhav mahantha

काठमाडौँ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नुपर्ने समयावधी आज सकिँदै छ ।

निर्वाचन आयोगले गत ९ भदौमा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

यसअवधिमा सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रदेशमा पनि २२ प्रतिशत जनप्रतिनिधि पुगेको उक्त पार्टीका नेताहरुले बताएका छन् । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनिसकेको छ ।

सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले सोमबारसम्म पनि नयाँ दल रोज्ने क्रम जारी छ । पुरानो दल छोडेर नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या अन्तिम दिनसम्म आउँदा उल्लेखनीय छ ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशमा त एकीकृत समाजवादी संसद्कै सबभन्दा ठूलो दल बनेको छ ।

 

प्रतिकृया दिनुहोस