काठमाडौँ उपत्यकामा थप ६०६ जनालाई कोरोना

Kathmandu city ktm 2

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जनाको मृत्यु भएको छ।

सोमबार १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 

प्रतिकृया दिनुहोस