प्रचण्ड र माधवलाई वाम एकता नपचेर दुइतिहाइको पार्टी फुटाए : महेश बस्नेत

Mahesh basnet

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् । सोमबार युथ फोर्सले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपाली काँग्रेसले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने बताएका छन् । एक कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी निर्वाचनमा एमालेले दुइतिहाई बहुमत ल्याउने  र काँग्रेस माओवादीको हालत बिग्रने बताएका हुन् ।

बस्नेतले कुकुरलाई घिउ नपचे जस्तै प्रचण्ड र माधवलाई पनि वाम एकता नपचेको र दुइतिहाइको पार्टी फुटाएको आरोप लगाए । उनले एमालेबाट छुट्टिएर एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपालले मन्त्री बन्न र बनाउनकै लागि नयाँ पार्टी खोलेको बताएका छन् ।

त्यस्तै उनले माधव नेपालले केही नेताहरु बोकेर एमालेसँग प्रतिस्पर्धा गर्न खोजेको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मन्त्री बन्ने केही अवसरवादीहरु बोकेर नेपालले हामीलाई चुनौती दिन खोजिरहेका छन् ।’

त्यस्तै उनले अहिलेको देउवा सरकारले देशको हितमा केही पनि काम नगरेको र विदेशीसंग झुकेको आरोपसमेत  लगाएका छन् ।

 

प्रतिकृया दिनुहोस