शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै लगानीकर्ताले गरे काठमाडौँमा प्रदर्शन

Share protest 221

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौँ प्रदर्शन भएको छ ।

नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताको समूहले राजीनामा माग गरि सोमबार मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिले पुँजी बजारको अस्तित्व नै धरापमा पार्ने नीति कार्यक्रमहरू राष्ट्र बैंकले ल्याएको हुँदा समग्र पुँजी बजार अघि बढ्न नसकेको आरोप लगाएको छ ।

मौद्रिक नीतिमा राष्ट्र बैंकले ल्याएको नीति तथा पदमा बस्ने व्यक्तिहरूको गैरजिम्मेवारीले शेयर बजार लगानीकर्ताको मनोबल गिराएको भन्दै राष्ट्र बैंक, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई समेत पत्राचार गरेर विभिन्न माग राखेका छन् ।

उनीहरूले राष्ट्र बैंकले ‘मार्जिन’ प्रकृतिको कर्जामा लगाएको ४र१२ करोड रूपैयाँको सीमाले पुँजी बजारको विकासमा बाधक बनेको बताउँदै आएको छ । उनीहरुले सो सीमा तत्काल खारेज गर्न भनेका छन् ।

प्रतिकृया दिनुहोस