संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

Murder hatya2019 11 14 08 59 03jpeg j60wbfilgo

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ।

सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी बताए। मंगलबार विहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए।

घटनाको थप विवरण आइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ। सुवेदीले मादी प्रहरी चौकीबाट पनि टोली घटनास्थलतर्फ गइसकेको जानकारी दिएका छन्। ‘हामीले घटनास्थललाई नियन्त्रणमा लिइसकेका छौँ’, उनले भने, ‘म पनि त्यसतर्फ जाँदैछु।’

प्रतिकृया दिनुहोस