एमसीसीबारे प्रष्ट पार्न हेमराज भण्डारीको माग

Maost dkt 20

धनकुटा । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले सरकार र पार्टीले एमसीसीको विषयमा चाडै आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र धनकुटाले धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य भण्डारीले कुनै पनि हातमा एमसीसी पास हुन नहुने र पास गर्नेपर्ने बाध्यता आइपरे संशोधन गरेर मात्रै पास गर्नुपर्ने बताए ।

संविधानसभा सदस्यसमेत रहेका भण्डारीले पार्टीको बैठकमा पनि आफुलाई जस्ताको तस्तै एमसीसी पास भए पार्टीभित्र विद्रोह हुने चेतावनी दिएको जानकारी दिए । उनले यो सरकारले जस्ताको तस्तै एमसीसी परियोजना पारित गर्ला भनेर आफुले नसोचेको पनि बताए ।

माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत रहेका भण्डारीले धनकुटाका स्थानीय तहहरुमा भइरहेका नितीगत भ्रष्टचार रोक्न जरुरी रहेको बताए । जिल्लामा भ्रष्टचार बढेर धनकुटेली जनताले शिर निहुरियाएर हिड्न पनि लाज भइसेकेको बताउँदै भण्डारीले जिल्लावासी एक भएर स्थानीय तहहरुमा भइरहेको भ्रष्टचारको जालो च्यात्नुपर्ने बताए ।

धनकुटमा आएका स्वास्थ्य सामाग्रीहरुमा राजनीतिक दलहरुले खेलेको फोहोरी खेलको निन्दा गर्दै भण्डारीले जसले जस्तो अवस्थामा स्वास्थ्य सामाग्रीहरु ल्याएको भए पनि धनकुटेली जनताको भएकाले सदुपयोग गर्न आग्रह गरे ।

एकै साथ वडा सम्मेलन गर्ने
माओवादी केन्द्र धनकुटाले धनकुटाका ६० वटै वडामा एकैसाथ वडा सम्मेलन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा भदौ १८ गते बसेको माओवादी केन्द्रको बैठकले असोज २० गतेभित्र धनकुटाको ६० वटा वडाहरमा एकैपटक सम्मेलन गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

त्यसैगरी कात्तिक ६ गते धनकुटाको सात वटै पालिकाहरुमा नगर र गाउँपालिका सम्मेलन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष ऋषीराम ढुंगानाले बताए ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य हेमराज भण्डारीको उपस्थितीमा भएको सो बैठकले जिल्लामा सञ्चालितविकास आयोजनाहरुमा भइरहेका भ्रष्टचारको भण्डाफोर गर्ने, धनकुटामा तत्काल प्रादेशिक अस्पतालसहितको मेडिकल कलेज स्थापना गर्न माग गर्ने, धनकुटामा पटकपटक हुने लोड सेडिङको अन्त्यका लागि सरकारसँग माग गर्ने लगायतका निर्णयहरु गरेको छ ।

प्रतिकृया दिनुहोस