धनकुटामा ५ जना जनप्रतिनिधिले गरे समाजवादीमा रहने सनाखत

Samajbadi dkt ofice suru

धनकुटा । धनकुटामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुमध्ये आज ३ जना वडाध्यक्षसहित ५ जनाले नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

यसरी सनाखत गर्नेहरुमा पाख्रिवास नगरपालिका वडा नं. ४ का वडाध्यक्ष सोवित निरौला, साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार राई र साँगुरीगढी गाउँपालिका- ३ का वडा सदस्य तिलविक्रम लिम्बू छन् ।

त्यसैगरी जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख बंगला राई र जिल्ला समन्वय समिति सदस्य सुरेन्द्र पौडेलले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगी एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।

नेकपा एमाले र जसपाबाट विभाजन भई नयाँ दलमा प्रवेश गर्ने जनप्रतिनिधिहरुलाई दल परिवर्तन गर्न भदौ २२ गतेसम्मको समय दिइएको छ । सो समयभित्र धनकुटामा १० जनाभन्दा बढी जनप्रतिनिधिहरुलेसनाखत गर्ने एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राईले बताए ।

प्रतिकृया दिनुहोस