कुलमानको नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ मा

Kulaman ghising

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन निर्देशक हितेन्द्र शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ ।

रिटको पेसी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको थियो । आज हेर्न नभ्याइने भएपछि सुनुवाइ सरेको छ ।

कुलामानको नियुक्ति अवैधानिक भएको भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए ।

यसअघि प्रधानन्यायाधीश जबराको इजलासले नै कुलमानलाइ नियुक्तिको कारण देखाउन आदेश दिएको थियो ।
 

प्रतिकृया दिनुहोस