नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

Nakhkhu jail km

काठमाडौँ । ललितपुरको नख्खु कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ।

बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको कारागार स्रोतले बताएको छ । 

ललितपुरकी एसएसपी किरण बज्राचार्यले कारागार क्षेत्रमा प्रहरी टोली खटाएको जानकारी दिइन्। ‘भाषा प्रयोग गर्ने विषय र खानेकुरा तथा सामान खरिदको विषयमा झगडा भएको खबर आएको छ,’ उनले भनिन्, ‘भर्खरै प्रहरी त्यसतर्फ पठाएका छौँ ।’ 

प्रतिकृया दिनुहोस