भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएर कारबाही गरिने गृहमन्त्रालयको चेतावनी

Mohadec18

काठमाडौँ । गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा आपत्ति प्रकट गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै घुमाउरो भाषामा मोदीको नाम उल्लेख नगरि भनेको छ, ‘विगत केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुश प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्छ ।’

केही दिनयता कन्चनपुरका जयसिंह धामी भारतीय एसएसबीका कारण महाकाली नदीमा बेपत्ता भएको भन्दै नेपालमा भारतविरुद्ध प्रदर्शन भएका छन् । ती प्रदर्शनमा मोदीको पुत्लासमेत दहन गरिएको थियो ।

त्यस्तै केही दिन अघि गृह मन्त्रालयले नै एक विज्ञप्ति जारी गर्दै अमेरिकी सहायता परियोजना एमसीसीका विरुद्धमा पनि प्रदर्शन नगर्न चेतावनी दिएको थियो ।

 

प्रतिकृया दिनुहोस