बीपी प्रतिष्ठानका कर्मचारीहरु फेरि आन्दोलनमा, इमर्जेन्सी र कोभिडबाहेकका सबै सेवा ठप्प

Bp hospital

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आइतबारदेखि सेवा बहिष्कार गर्दै आन्दोलनमा आन्दोलनमा उत्रिएका छन् ।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले सेवा बहिष्कार गरेको हो।

स्वास्थ्यकर्मीहरुले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालको बाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका छन्। यो आन्दोलनले प्रतिष्ठानको ओपिडी सेवा ठप्प हुनेछ। प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले शुद्धीकरण आन्दोलन जारी राखेको छ। 

अनियमितता र बेथिति बढेको भन्दै उनीहरुले बीपीका सबै पदाधिकारीहरूको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन्। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ।

आन्दोलनकारीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आइतवार १ महिना पूरा भएको छ। तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीहरूलाई कारबाही गर्न चासो देखाएको छैन। 

समितिका संयोजक डा.एसपी रिमालले सरकारले प्रतिवेदन र सहमति कार्यान्वयनमा उदासीनता देखाएकाले आन्दोलन गर्न बाध्य भएको बताए। 

यद्यपि, आकस्मिक सेवा, कोभिड अस्पतालको सेवा र पूर्वनिर्धारित परीक्षाहरु जारी रहने उनले प्रष्ट पारेका छन्।

 

प्रतिकृया दिनुहोस