नेकपा एकीकृत समाजवादीको प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा नियुक्त

Nekapa ekikrit  2021 5

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी पार्टी)  मा प्रचार विभागको प्रमुख र प्रवास विभागको प्रमुख तोकिएको छ ।

समाजवादीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडाले पाएका छन् भने प्रवास इन्चार्जको जिम्मेवारी  श्रीप्रसाद साहले पाएका छन् । खतिवडा अनेरास्ववियुका पूर्व महासचिवसमेत हुन् ।

स्थायी कमिटीको बैठकले उनीहरुलाई सो जिम्मेवारी दिएको हो ।

एसले बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्ती राई र जीवनराम श्रेष्ठको नेतृत्वमा सचिवालय समेत गठन गरिसकेको छ ।

घनेन्द्र बस्नेतलाई प्रदेश १ को इञ्चार्जकको जिम्मेवारी दिइएको छ । त्यसैगरी प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इञ्चार्ज नियुक्त भएका छन् ।

 

प्रतिकृया दिनुहोस